बेनी-गलेश्वर सडक खण्डमा जीप दुर्घटना, १ को मृत्यु, २ गम्भीर घाइते



न्युज अफ नेपाल, काठमाडौँ ।

म्याग्दीको ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाग्रस्त ध १ ज ८९६ नम्बरको जीपमा ११ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १० वर्षीया रिया विक रहेकी छन् भने चालकसहित २ जना गम्भीर घाइते भएका छन् ।

यस सम्बन्धि थप अनुसन्धान चलिरहेको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्