फ्रान्सको चर्चमा आतंककारी हमला



पेरिस, (एजेन्सी) ।

फ्रान्सको एउटा चर्चमा तीनजना व्यक्तिको ज्यान लिने ट्युनिसियाली पुरुष हालसालै मात्र युरोप आइपुगेको फ्रेन्च अधिकारीहरुले बताएका छन् । गत महिना आप्वासी बोक्ने जहाजमा बसेर इटालीको लाम्पेडुसा आइ पुगेका ति २१ बर्षिय व्यक्तिले इटाली आइपुगेपछि प्रदान गरिएको इटालियन रेडक्रसले जारी गरेको कागजात बोकेको बताइएको छ ।

मुठभेडको क्रममा प्रहरीको गोली लागेका उनको अहिले चिन्ताजनक स्थितीमा उपचार भइरहेको छ । विहिवार निस स्थित नोट्रे– डेम वासिलिकामा भएको छुरा आक्रमणको क्रममा एकजना पिडितको टाउकै काटिएको थियो । फ्रान्सका राष्ट्रपति इम्यान्युयल म्याक्रोँले यसलाई ‘इस्लामिक आतंककारी हमला’ को संज्ञा दिएका छन् ।

उनले चर्च , बिद्यालय लगायत अन्य संवेदनशिल सार्वजनिक स्थानहरुको सुरक्षाका लागि थप ३ देखि ७ हजार सेना परिचालन गरिने जानकारी दिएका छन् । यस आक्रमण लगत्तै फ्रान्सले राष्ट्रिय सुरक्षा सतर्कता स्तरलाई अत्यन्तै उच्च राखेको छ ।

यसै महिनाको शुरुमा राजधानी पेरिसदेखि उत्तर पश्मि भागमा रहेको एउटा बिद्यालयमा गरिएको आतंककारी हमलामा स्यामुयल प्याटी नामक एक शिक्षकको टाउको काटेर हत्या गरिएको थियो । आफ्ना बिद्यार्थीहरुलाई पैगम्वर मोहमदको अपमान हुने गरी बनाइएको कार्टुन देखाएको कारण उनको हत्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्