कोरोना संक्रमित पत्रकार चौलागाईँको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ। ५१ वर्षीय चौलागाईं काभ्रे पोस्टका प्रधान सम्पादक थिए ।

गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई थप उपचारका लागि काठमाडौँको ओम अस्पताल ल्याइएको थियो । उनी ब्रोनक्राइटिसका बिरामी समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्