पर्वतका एक औषधी पसल सञ्चालक मृत भेटिए



न्युज अफ नेपाल पर्वत  ।

पर्वतको मोदी गाउँपालिका ६ डिमुवाबजारमा औषधी पसल सञ्चालक मृत भेटिएका छन ।

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं ७ घर भै डिमुवाबजारमा औषधी पसल सञ्चालन गदैै गर्दै आएका ३० बर्षिय चेतन भनिने चन्द्रबहादुर खत्री मृत भेटिका हुन ।

औषधी पसल भन्दा पछाडीको आफ्नै कोठामा बुधबार राती मृत अबस्थामा फेला परेका हुन । आफ्नै कोठामा मृत भेटिएका केसीको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्