सामसुङलाई अमेरिकी नाकाबन्दिको फाइदा



सोल, (एजेन्सी) । 

विगत तीन महिना भित्र स्यामसुंग इलेक्ट्रोनिक्स कम्पनीले ५९ अर्व अमेरिकी डलर वरावरको आर्थिक कारोवार गर्न सफल भएको छ । स्मार्ट फोन बिक्रिमा भएको ५० प्रतिशत वृद्धि र माइक्रोचिप्सको उच्चतम व्यापारको अर्थात ८२ प्रतिशतले भएको व्यापार वृद्धिको कारण सो आर्थिक उपलब्धि भएको कम्पनीले जनाएको छ ।

कोरियाली विशाल प्राविधिक कम्पनी स्यामसुंगले तीन महिनाको अवधि भित्र मात्र ८ अर्व ३० करोड डलर नाफा गरेको दावी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ४९ प्रतिशतले बढि हो । अमेरिकाले स्यासुंगको प्रतिस्पर्धि चिनिया हुवेइ मोवाइल कम्पनी माथि नाकावन्दि लगाएकाले स्यामसुंगको मोवाइल र माइक्रोचिप्सको व्यापारले फ्डको मारेको बताइएको छ ।

स्यामसुंगको बढ्दो व्यापारको कारण हुवेइको विश्व बजारमा सेयर पनि निश्चित रुपमा प्रभावित भएको छ । अमेरिकाको संभावित नाकावन्दि अघि नै हुवेइले ठूलो परिमाणमा चिप्सको भण्डारण गरेको थियो ।

गत अगष्टमा अमेरिकी विदेश विभागले हुवेइलाई चिप्स बेच्ने अन्य कुनै पनि विदेशी कम्पनी माथि पनि प्रतिवन्ध लगाइने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्