युरोपेली मुुलुकमा पुन: लकडाउन लागु हुँदै



पेरिस, (एजेन्सी) । 

कोरोना भाइरस संक्रमित र त्यसबाट मर्नेका संख्यामा निरन्तर वृद्धि हुन थालेपछि यस महामारीको दोश्रो चरणको चपेटामा परेको युरोपका मुलुकहरुले धमाधम लकडाउन लागु गर्न थालेका छन् । शुक्रवार देखि एक महिना सम्म फ्रान्सका जनतालाई अत्यावश्यक काम वा चिकित्सकिय कारणमा मात्र घर बाहिर जाने अनुमति दिइने भएको छ ।

फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले मुलुकले पहिलो भन्दा निकै खतरनाक सावित हुन सक्ने कोभिड १९ महामारी अहिले झेलिरहेको प्रतिक्रिया दिएका छन् । त्यसैगरी जर्मनीले फ्रान्सको तुलनामा अलि नरम खाले राष्ट्रिय लकडाउन कार्यान्वयन गर्न लागेको छ ।

जर्मनीका चान्सलर एन्जेला मर्केलले बुधवार जर्मनीको लकडाउन फ्रान्सको भन्दा लचकदार हुने भएपनि रेस्टुरेन्ट , बार , जिम र थियटरहरु बन्द हुने जानकारी दिएकी छन् । युरोपभरि नै संक्रमण फैलने क्रम तिव्र हुन थालेको छ । वेलायतमा बुधवार २४ हजार ७ सय १ जना नयाँ संक्रमित फेला परेका छन् भने ३ सय १० जनाको ज्यान गएको छ । त्यसैगरी सोहि दिन फ्रान्समा ३६ हजार ४ सय ३७ जना संक्रमित फेला परेका छन् भने २ सय ४४ जनाको मृत्यु भएको छ । यि पछिल्ला लकडाउनको घोषणासंगै युरोपेली संघको अर्थतन्त्र खस्किन थालेको छ

प्रतिक्रिया दिनुहोस्