थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि, १७ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । आज देशभर १६ हजार ८६३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आज थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८२९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्