पानी बादलुको सार्वजनिक



पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी–पछ्यैरी जस्ता गीतका गायक आशिष सचिन ९गौतम० को नयाँ गीत पानी बादलुको भिडियो सार्वजनिक भएको छ।

गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छन्। डान्सिङ शैलीमा तयार भएको गीतमा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ। भिडियोमा गायक आशिषसँगै मोडल एलिसा शर्मा, कार्टुन क्रुजका सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन खतिवडा ‘म्याकुरी’ र खड्गबहादुर पुन ‘खबपु’ ले अभिनय गरेका छन्। गम्भीर विष्टको निर्देशन, कन्सेप्ट र करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्