राजनराज र एलिनाको जाउँ माया



संगीतकार राजनराज शिवाकोटी र गायिका एलिना चौहानले नयाँ गीत जाउँ माया जाउँ म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

गीतमा राजराजन र एलिनाको स्वर तथा राजनराजकै शब्द सिर्जना र संगीत रहेको छ। गीतको म्युजिक भिडियोलाई नीतीन चन्दले निर्देशन गरेका छन् भने भिडियो विशाल महराले कोरियोग्राफी गरेका छन्। विशाल र नीतीनले नायिका आँचल शर्मा, जीपी शाह र हर्ष तण्डुकारलाई अभिनय गराउँदै नचाएका छन्।

प्रतिक्रिया दिनुहोस्