गौरव र प्रियानाको दशैं–तिहार गीत



गौरव पहाडी र प्रियाना आचार्य अभिनित दशैं–तिहार गीत सार्वजनिक गरिएको छ।

राजु खयाजुको शब्द तथा सञ्जीव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको विनोद र वर्षाना टझायम्फ ब्यान्डको दशैं–तिहार गीतमा गौरव र प्रियाना दाजुबहिनीका रूपमा प्रस्तुत भएका छन्।

विदेशमा रहेको दाजु र स्वदेशमा रहेकी बहिनी तथा घर–परिवारको प्रेमलाई आकर्षक ढंगले गीतमा प्रस्तुत गरिएको छ। निर्देशक दीपक आचार्य ‘काकु’ को निर्देशनमा बनेको गीतको भिडियोमा दशैं र तिहारको परिवेशलाई कलात्मक शैलीमा देखाइएको छ। गीतमा गौरव र प्रियानाको साथमा कमलमणि नेपाल ९खुपीका बा० ले पनि अभिनय गरेका छन्। सुरेन्द्र बसेलको कोरियाग्राफी रहेको गीतको भिडियो पवन सुस्लिङले खिचेका छन्। चन्दन दत्तको सम्पादन रहेको गीतको भिडियो कोहो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्