भरियाको कथामा भिडियो गीत



हिन्दू नेपालीको महान् पर्व दशैंको अवसर पारेर गायिका प्रेक्षा गौतमको स्वरमा भरिया बोलको गीत सार्वजनिक गरिएको छ।

भरिया जीवनको यथार्थ चित्रण गरिएको गीत शशि कुञ्ज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मानवशास्त्री तथा समाजशास्त्री डा। शम्भु जमरकट्टेल ‘हेदाग्ने’ को रचना रहेको गीतमा गायिका गौतम स्वयंले संगीत भरेकी छिन्। गीतको एरेन्जमेन्ट शिलाबहादुर मोक्तानले गरेका छन्। अझै पनि नेपालका दुर्गम भेगमा भरियाले भारी बोकेरै सामान ओसार्ने गर्छन्। त्यसैलाई हेरेर रचनाकार जमरकट्टेलले यो गीतमा लहान, जिरी तथा नेपालका पूर्वी क्षेत्रमा भारी बोकेर गुजारा चलाउने भरियाको कथा उनेका छन्।

सीता सुवेदी कट्टेलले निर्माण गरेको गीतको भिडियोमा लहान, जिरीलगायत नेपालका मनोरम दृश्यहरु देख्न सकिन्छ। रचनाकार जमरकट्टेलको निर्देशन रहेको भिडियो अर्घेलो थापाले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्