आयो आस्थाको यानी माया



गायिका आस्था राउतको सांगीतिक अडियो एल्बम आधार–२ मा संगृहित गीत यानी माया म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

गीतमा सुरेश अधिकारीको शब्द र संगीत तथा महाराज थापाको संगीत संयोजन रहेको छ। गीतको म्युजिक भिडियोमा कविता नेपाली, गौरव विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठले अभिनय तथा नृत्य गरेका छन्। हिमाली इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्युजिक नेपालको लगानी रहेको छ। म्युजिक भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ। म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्