तेक्वान्दो खेलाडी सम्मानित



काठमाडौं, (नेस) ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता आफ्नो जिल्लाका तेक्वान्दो खेलाडीलाई सम्मान गरेको छ। चितवनको सौराहस्थित बिहीबार आफ्नै प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमका बीच जिल्ला कार्यसमितिले सागमा स्वर्ण विजेता र कांस्य विजेता समान २/२ खेलाडीका साथै जिल्लाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षकलाई सम्मानित गरेको हो। गत मंसिरमा सम्पन्न सागमा स्वर्ण विजेताद्वय संगीता बस्याल र पार्वती गुरुङ तथा कांस्य विजेताद्वय शिशिर श्रेष्ठ र जितबहादुर बोट आफ्नो जिल्लाबाट सम्मानित भएका छन्।

कार्यसमितिले पार्वती र शिशिरलगायत कैयौं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल प्रशिक्षक रोशन खानलाई पनि नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको छ। संगीताले फाइटतर्पm ६२ केजी तौल समँह र पार्वतीले २४–२९ वर्ष उमेर समँहको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्णपदक दिलाएका थिए। जितबहादुरले २९ वर्षमुनि पार्वतीसँगको पेयर पुम्से र पुरुष टिमको पुम्सेमा कांस्य जितेका हुन्। शिशिरले भने २३ वर्षमुनि टिम पुम्से कांस्य जितेका थिए। १३औं सागमा पदक विजेता चारै खेलाडीलाई नगद १० हजार रुपियाँसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्