साख्तारसँग रियल मेड्रिड स्तब्ध



लन्डन, (एजेन्सी) । 

स्पेनिस फुटबलका महारथी क्लब रियल मेड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमै स्तब्धपँर्ण हारको सामना गरेको छ। बुधबार राति भएको समँह चरणको पहिलो खेलमा रियललाई उसैको घरेलु मैदानमा पाहुना टोली युक्रेनको क्लब साख्तार डोनेटस्कले ३–२ गोलअन्तरले स्तब्ध बनाएको हो। रियल पहिलो हाफमा नै अविश्वसनीयरूपमा ३–० ले पछि परेको थियो। तर, दोस्रो हाफमा थप कुनै गोल नभई दुई गोल फर्काए पनि रियलले हारलाई भने टार्न सकेन।

पहिलो हाफमा खराब प्रदर्शन गरेको रियलविरुद्ध डोनेटस्कले उत्कृष्ट आक्रामक खेल खेल्दै दुई गोल गरेको थियो। थप एक गोल भने राफाएल भारानेले आत्मघाती गरेका थिए। भारानेले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्टमा बल छिराएका हुन्। रियल खेलको ४२औं मिनेटमा नै तीन गोलले पछि परेको थियो। पाहुना टोली साख्तारविरुद्ध रियलका प्रशिक्षक जिदानले केही प्रमुख खेलाडीलाई आराम दिएका थिए। तर, दोस्रो हाफमा खेलाडी परिवर्तन गर्दै उनले खेललाई सुधार गरे पनि तीन अंक भने जोगाउन सकेन।

दोस्रो हाफको पहिलो मिनेटबाटै आक्रामक खेल पस्किएको रियलले ५४औं मिनेटमा पहिलो गोल फर्कायो। लुका मोड्रिचले डिबक्स बाहिरबाट हानेको बलले जाली चुमेको थियो। त्यसपछि स्थापन्न खेलाडीको रूपमा भिनिसियस जुनियरले मैदान प्रवेश गरेको १५ सेकेन्डमै गोल गरेर रियललाई खेलमा फर्काउन विपक्षी खेलाडीबाट बल खोसेर गोल गरेका थिए। तर, बाँकी समयमा कडा संघर्षका बाबजुद पनि रियलले बराबरी गोल गर्न सकेन।

त्यस्तै, अर्को खेलमा युरोपियन च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले पनि नयाँ सिजनको पहिलो खेलमा सानदार जित निकालेको छ। समँह चरणको पहिलो खेलमा बायर्नले स्पेनिस क्लब एथ्लेटीको मेड्रिडलाई ४–० गोल अन्तरको लज्जास्पद हार चखाएको छ। आफ्नो घरेलु मैदानमा भएको खेलमा बायर्नले एथ्लेटीको माथि खेलभरि नै दबाब बनाएको थियो। बायर्नलाई जिताउन किंग्सले कोमानले दुई तथा लियोन गोरेटजा र कोरेन्टिन टोलिसोले समान एक/एक गोल गरे।

बायर्नका लागि खेलको २८औं मिनेटमा कोमानले पहिलो गोल गरेका थिए। त्यसपछि, दोस्रो गोल कोमानको असिस्टमा लियोन गोरेटजाले ४१औं मिनेटमा गरे। पहिलो हाफमा दुई गोल गरेको बायर्नले दोस्रो हाफमा पनि दुई गोल नै थप्यो। खेलको ६६औं मिनेटमा घरेलु टोलीका लागि टोलिसोले गोल गर्दै टिमलाई सानदार जिततर्फ अघि बढाएका थिए। त्यस्तै, खेलको ७२औं मिनेटमा थोमस मुलरको पासमा कोमानले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले ४–० को जित सम्भव पा¥यो। उक्त हारपछि यसै सिजन एथ्लेटीको पुगेका लुइस सुवारेज भने लगातार बायर्नसँग लज्जास्पद हारबाट पीडित बनेका छन्। गत सिजन उनी बार्सिलोनामा छँदा बायर्नले बार्सिलोनालाई ८–२ को लज्जास्पद हार चखाएको थियो। उक्त जितसँगै बायर्न तीन अंकसहित समँह ‘ए’ को शीर्ष स्थानमा रहेको छ। सोही समँहका अन्य टिम लोकोमोटिभ मोस्को र रेड बुल साल्जवर्गले भने १–१ को बराबरी खेल्दै अंक बाँडे।

त्यसैगरी, इंग्लिस क्लब लिभरपुलले एक आत्मघाती गोलको मद्दतमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा विजयी शुरुआत गरेको छ। समँह ‘डी’ अन्तर्गत बुधबार राति भएको समँह चरणको पहिलो खेलमा लिभरपुलले नेदरल्यान्ड्सको क्लब आयाक्सलाई उसैको घरेलु मैदानमा १–० ले निराश बनायो।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली आयाक्सका खेलाडीले आफ्नै गोल पोस्टमा बल छिराएपछि लिभरपुल विजयी बनेको हो। खेलको ३५औं मिनेटमा लिभरपुलका साडियो मानेले डिबक्सको माथिल्लो भागबाट गोल पोस्ट अगाडि दिएको क्रस पास क्लियर गर्न नसक्दा तीव्र गतिको बल आयाक्सका निकोलस ट्याग्लियाफिकोको खुट्टामा लाग्दै जाली चुमेपछि लिभरपुलले अग्रता लिएको थियो। त्यसपछि, दुवै टोलीबाट थप गोल नभएपछि लिभरपुल तीन अंक जोड्न सफल भयो। जितसँगै लिभरपुल पहिलो खेलबाट तीन अंक जोडेर आफ्नो समँहको दोस्रो स्थानमा छ। पराजित आयाक्स तेस्रो स्थानमा छ। पहिलो स्थानमा इटालियन क्लब एटलान्टा रहेको छ।

त्यसैगरी, अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रभावशाली जितबाट सिजनको शुरुआत गरेको छ। समँह ‘सी’ अन्तर्गत भएको समँह चरणको पहिलो खेलमा सिटीले पोर्चुगलको क्लब पोर्टोलाई ३–१ ले हरायो। आफ्नो घरेलु मैदानमा सिटीले एक गोलले पछि परेको स्थितिलाई उल्टाएर जितको नतिजा निकालेको हो।

पाहुना टोली पोर्टोका लागि खेलको १४औं मिनेटमा लुइस डियाजले गोल गरेर घरेलु टोलीलाई झट्का दिएको थियो। तर, पोर्टोको अग्रता धेरैबेर टिकेन। खेलको २०औं मिनेटमा सिटीले पेनाल्टी पायो, जसमा सर्जियो अगुएरोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि, सिटीका इकार्ड गुन्डोगानले खेलको ६५औं मिनेटमा दोस्रो गोल गरेका थिए। त्यस्तै, फेर्रान टोरेजले खेलको ७३औं मिनेटमा तेस्रो गोल गरेपछि सिटीको जित सुनिश्चित बन्यो। जितपछि सिटी आफ्नो समँहमा तीन अंकसहित शीर्ष स्थानमा छ। सोही समँहको अर्को खेलमा मार्सेइल्लीलाई हराएर ओलम्पियाकोसले पनि तीन अंक जोड्दै दोस्रो स्थान ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्