नवनियुक्त सदस्यद्वय लाखे र श्रेष्ठ सम्मानित



काठमाडौं, (नेस) । 

नेपाल सरकार मन्त्रिपरिषद्को असोज २९ गतेको निर्णणअनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका पुरेन्द्रविक्रम लाखे र सुवर्णाकेशरी श्रेष्ठलाई ललितपुर आईटीएफ तेक्वान्दोले बिहीबार सम्मान गरेको छ।

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले सदस्यद्वयलाई सम्मान गर्दै भने– ‘हाम्रो पालिकामा खेलाडी प्रतिभामा कुनै कमी छैन, यहाँ हरेक खेलका नेसनल हिरो थुप्रै छन्, केवल नेतृत्वको कमी थियो, मलाई विश्वास छ अब यो पनि पँरा भएको छ। यही माटोमा हुर्किएका अग्रज खेलाडीद्वयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्ति पाएका छन्। म शुभकामना दिन चाहन्छु, उनीहरूको कार्यकालमा समग्र खेलकुदले अझ उचाइ लिनेछ।’

‘अन्तर्राष्ट्रिय मापदण्डको कभर्डहल बनाउने आफ्नो सपना रहेको बताउँदै भने कभर्डहल बनाउनु नगरपालिकाकै सान र प्रतिष्ठाको कुरा हो, सबै खर्च नगरपालिकाले गर्न सक्दैन यद्यपि हामी आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न कुनै कसर बाँकी राख्ने छैनौं– प्रमुख श्रेष्ठले भने।’

सम्मानित भएका करातेका सातौं डान लाखेले आफँसँग लुभुको साइनोको प्रसंग उठाउँदै भने– ‘२०४४ सालमा तौतारामा शुरू गरेको मार्सलआर्टले हाल धेरै फड्को मारिसकेको छ। नेपालको यो धर्तीमा आकाशमा सँर्य उदाउनुअघि कुनै खेल हुन्छ, भने त्यो मार्सलआर्ट नै हो।’

सम्मानित अर्की महिला सदस्य श्रेष्ठले कभर्डहल बनाउन लागिपर्ने बताइन्। कोरानाका कारण सामाजिक दँरी कायम गरी गरिएको विजय दशमीको शुभकामना तथा सम्मान कार्यक्रममा आईटीएफका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ, आईटीएफका प्रदेश–३ का अध्यक्ष उमेश राजथला, आयोजक ललितपुर आईटीएफका अध्यक्ष निलकुमार महर्जन, खेलाडी र प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्