शेयर बजार दशैंअघि सुखद



काठमाडौं, (नेस) ।

शेयर बजारका लगानीकर्ताका निम्ति दशैं सुखद रहेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दशैंअघिको अन्तिम कारोबारमा वृद्धि हुँदै १६ सयमाथिको बिन्दुमा पुगेपछि सुखद् बनेको हो ।

साताको पहिलो दिन घटे पनि त्यसपछिका सबै कारोबारमा उच्च वृद्धि हुँदै आएको थियो । बिहीबार नेप्से परिसूचक ८ दशमलव ५४ अंक बढेर १६०६ दशमलव २५ बिन्दुमा पुगेको छ ।

कुल १८७ कम्पनीको ६४ लाख ५७ हजार कित्ता शेयर १ अर्ब ९९ करोड ४५ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढी नै हो ।

यस दिन कारोबारमा आएका १२ समूहमध्ये ८ समूहको परिसूचक बढे को छ भने बाँकी ४ समूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा धेरै बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक अग्रस्थानमा रहेको छ भने एनआईसी एशिया बैंक दोस्रो स्थानमा रहेको छ । बिहीबार पनि जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जनरल इन्स्योरेन्सको शेयरमूल्य ५३ रुपियाँ बढेर ५८९ रुपियाँमा अन्तिम कारोबार भएको छ भने नेपाल फाइनान्सको १८ दशमलव ६७ रुपियाँ बढेर २०८ रुपियाँमा कारोबार भएको छ। यस दिन माउन्टेन हाइड्रोको शेयरमूल्य सर्वाधिक ३ दशमलव ६१ प्रतिशत घटेको छ। त्यसैगरी, रैराङ हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत घटेको छ। यस दिन शेयरमूल्य घटेका शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्