अन्तर–बैंक कारोबार न्यून



काठमाडौं, (नेस) ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा वाणिज्य बैंकहरुले ७ अर्ब ३८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) ले ३० अर्ब २४ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः ३९५ अर्ब ८७ करोड र २९ अर्ब ३८ करोड कारोबार गरेका थिए ।

भदौमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २ दशमलव ७३ प्रतिशत रहेकोमा भदौमा शून्य दशमलव १३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भदौको १ दशमलव ६९ प्रतिशतको तुलनामा शून्य दशमलव शून्य ८ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ भदौमा ९ दशमलव ५३ प्रतिशत रहेकोमा २०७७ भदौमा ७ दशमलव ८३ प्रतिशत कायम भएको छ ।

भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५ दशमलव ६१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १० दशमलव १८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६ दशमलव ८० प्रतिशत र ११ दशमलव ९७ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्