सिन्धुली अस्पतालमा भेन्टिलेटरसहित कोभिड-१९ युनिट



हेटौंडा, (नेस) ।

बागमती प्रदेशको सिन्धुली अस्पतालमा कोरोना संक्रमण परीक्षणका लागि पीसीआर ल्याब, संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरसहितको सुविधासम्पन्न कोभिड–१९ युनिट निर्माण सम्पन्न भएको छ । भवनको निर्माण प्रारम्भ भएको दुई महिना नपुग्दै ५० बेडका अस्पताल सञ्चालनमा आएको हो ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत प्रदेशभरका स्वास्थ्य संस्थाहरूको स्तरीकरण गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्