फर्सी चोर भालु



मोर्रिस काउन्टि, ( एजेन्सी )

अमेरिकाको न्युजर्सी निवासी एक महिलाले हाल्लोविन पर्व मनाउन सिंगारिएको स्थानमा एकजना फर्सी प्रेमी भालुले फर्सी चोरेको फेला पारेकीछन् । केल्ली स्टेफन्सले मोर्रिस काउनिट स्थित आफ्नो घर सामु आृादै गरेको भालु देख्दा शुरुमा आफु डरले चिच्याएको बताउँछिन् ।
उनी घटना सम्झैदै डब्ल्युसिबिएस टेलिभिजनलाई बताउँछिन् , ‘ मेरो चिच्याहट सुनेर डराउँदै त्यो भाग्छ जस्ते लागेको थियो ।

म आफ्नो फोन लिन दौडिएं । त्यतिबेला त्यो भालु त फर्सी लिन विस्तरै फर्कंद ैथियो । मैले त्यसले मेरो घरमा आएर फर्सी मुखले च्यापेर भाग्दै गरेको भिडियो खिच्न भ्याएं । ’ यस भिडियोमा एक स्थानमा त्यसले फर्सी खसाएरको तथा तयसलाई पुन टिप्न त्यो गुटमुटिंदै गएको पनि देखिन्छ ।

स्टेफन्सका अनुसार त्यपछि घर सामुको सडकपारी गएर भालुले मजाले फर्सी खाएका थिए । यसै साताको शुरुमा न्युजर्सीका प्रहरीले अस्वाभाविक रुपमा यताउता वरालिरहेका भालु देखिएको खवर आएको बताएका थिए । ह्यार्रिसन प्रहरी विभागले एउटा व्यापारिक भवनको छत चढ्दै गरेका भालुको तस्वीर सेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्