अष्ट्रेलियाली वृद्धाश्रमहरुमा वृद्धबृद्धामाथि यौन दुर्ब्यवहार



सिडनी,(एजेन्सी)

अष्ट्रेलियाभरिका वृद्ध स्याहार क्षेत्रमा एक सातामा मात्र अनुमानित पचास वटा यौन उत्पीडन हुने गरेको राष्ट्रिय अनुसन्धानले फेला पारेको सरकार अधिकारीहरुले विहिवार जनाएको छ । सन् २०१९ देखि पाको उमेरका व्यक्रिहरुको स्याहार तथा सुरक्षा अनुगमनका लागि गठित शाही आयोगले वृद्धवृद्धाहरु माथि थप्रै उत्पीडनर दुव्र्यवहारहरु भइरहेको पत्ता लगाएको छ ।

विहिवार सो आयेगका अनुसन्धानकर्ताहरुले सन् २०१८ र २०१९ बिच आवासिय नर्सिंग होमहरुमा करिव २ हजार ५ सय २० वटा यौन उत्पीडन कार्य भएको दावी गरेका छन् । मनोपरामर्श दाता पिटर रोजेन क्युसिले यस्तो घटना घटिरहनु भनेको राष्ट्रिय लज्जाको विषय भएके प्रतिक्रिया दिएका छन् ।

अष्ट्रेलियामा कारोना भाइरस संक्रमणबाट मृतयु हुने मध्ये ७५ प्रतिशत भन्दा बढि अर्थात ९ सय ३ जना यस्तै वृद्धाश्रममा रहेको व्यक्ति भएकले पनि सरकारले यस विषयमा गम्भी ढंगले सोचन लागेको हो । तर रोजेनले भने त्यस्त क्ष्ँोत्रमा गैर कानुनी यौन आचरणका समस्या पहिले देखि नै देखिएको तथा १३ देखि १८ प्रतिशत वृद्धाश्रम यस समस्याबाट ग्रस्त रहेको बताएका छन् ।

अधिकांश अष्ट्रेलियाली आफ्ना वृद्ध अभिभावकहरुलाई राम्रो सुरक्षा र स्याहारको विशवासमा आफ्नो अभिभावकहरुलाई यस्ता वृद्धाश्रममा राख्ने गरेका छन् । तिनीहरु आफुहरुलाई हेरचाह गर्ने जिम्मा लिनेहरु र अन्यबाट उत्पीडित हुने गरेको अनुसनधानबाट खुलेको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले यो तथ्याँक अझै बढ्न सकने र यो समस्यालाई कुन ैहालतमा पनि वेवास्ता गरिनु नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्