इरान र रसियासंग अमेरिकी मतदाताको सूचना रहेको दावी



वासिंगटन,(एजेन्सी)

अमेरिकी राष्ट्रय सुरक्षा अधिकारीहरुले डेमोक्रेटीक मतदाताहरुलाई चेतावनी भरिएको इमेल पठाउने कार्यका लागि इरान जिम्मेवार भएको दावी गरेका छन् । अमेरिकाको राष्ट्रिय गुप्तचर विभागको निर्देशक जोह््न -याटक्लिफेले कटर दक्षिणपन्थि ट्रम्प समर्थित समुहले पठाएको देखिने ति इमेलको उद्देशय अस्थिरता फैलाउनु रहेको बताएका छन् ।

साथै अधिकारी -याटक्लिफेले अमेरिकी अधिकारीहरुले इरान र रसियासंग केहि मतदातहरुको दर्ता सम्बन्धी सुचना रहेको पत्ता लगाएको जनाएका छन् । अमेरिकाको राष्ट्रपतिय चुनावको १३ दिन अघि यस्तो सवेदनशिल तथ्य सार्वजनिक भएको हो ।

¥याटक्लिफेले प्राउड ब्वाइजको नाममा इरानबाट पठाइएका व्यंगात्मक इमेलको उद्देश्य मतदाताहरुमा भ्रमर अस्थिरता सिजना गर्नु तथा राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ हानी पु-याउनु रहेको बताएका छन् ।

तर ¥याटक्लिफेले रसियाबाट यस्त देखिने गरी कुनै प्रत्यक्ष इमेलहरु पप्त नभएको भएपनि रसियासंग मतदाताहरुको सुचना भएको हुनसक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । -याटक्लिफेलेद्वारा आयोजित पत्रकार सम्मेलनमा संघिय जाँचबुझ ब्युरो (एफबिआइ) का निर्देशक क्रिस्टोफर रेको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्