क्याथे प्यासिफिकका हजारौं कर्मचारीको जागिर चट



बेइजिंग,(एजेन्सी)

अन्तर्राष्ट्रिय एयलायन्स क्याथे प्यासिफिकले आफ्नै मातहतमा रहको क्याथे ड्रेगन बन्द गर्ने घोषणा गरेपछि आठ हजार पाँच सय रोजगार कटौति भएको छ । हंगकंग स्थित क्याथे प्यासिफिकले क्याथे ड्रेगनको अधिकांश रुटमा आफैले सेवा उपलब्ध गराउने जनाएको छ ।
कोभिड १९ महामारीको कारण पर्यटन व्यवशाय प्रभावित भएकाले विश्वका अधिकांश एयरलायन्सलाई अस्तित्वमा रहन समेत धौ धौ परिरहेको अवस्था छ ।

गत जुनमा क्याथे प्यासिफिकलाई हंगकंग सरकारले राहत स्वरुप पाँच अर्व अमेरिकी डलर प्रदान गेको थियो । तैपनि यस क्याथे प्यासिफिक एयरलाइन समुहको मासिक घाटा २६ करोड डलर रहेको छ । अब क्याथे प्यासिफिक र यसको बजेट क्यारियर हंगकंग एक्सप्रेसले क्याथे ड्रेगनका रुटहरुको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

क्याथे प्यासिफिकका अध्यक्ष पट्रिक हेलीले भनेका छन् , ‘ अब हाम्रो सम्पूर्ण प्रयास एक मात्र पूर्ण स्तरिय सेवा प्रदायक क्याथे प्यासिफिक माथि केन्दि«त हुनुपर्छ । यसलाई सस्तो मुल्यमा सेवा प्रदान गर्नेहंगकंग एक्स्प्रेसले पनि साथ दिने छ । ’ यद्यपि पुनर्ढाँचा प्रदान गर्न मात्र २८ करोड ४० लाख डलर खर्च हुने छ ।

एयरलाइनले सन् २०२१ मा प्रति महिना ६ करो ४० लाख डलर कटौति गर्ने योना रहेको पनि जनाएको छ । साथै हंगकंग एक्सप्रेसका ५ हजार ३ सय र विदेस स्थित अन्यका सम्बन्धित कार्यालयका ३ सय कर्मचारीले जागिर गुमाउने पनि बताइएको छ । यसको अर्थ क्याथे प्यासिफकका कूल २४ प्तिशत कमदारले रोजगार गुमाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्