चुनौती नै अवसर हो



कोरोना भाइरसले हामीलाई स्वास्थ्य सतर्कता र आत्मनिर्भरताका पाठ सिकाएको छ । त्यस्तै वि.सं. २०७२ मा गएको भूकम्पले हामीलाई भौतिक संरचना निर्माण योजना तथा कार्यक्रम, रोजगारी तथा स्रोत परिचालनलगायतका विविध क्षेत्रमा पाठ सिकाएको छ । उता अप्ठेरोमा परेका बेला भारतले लगाएको नाकाबन्दीबाट पनि राष्ट्रियता, स्वाभिमानको जागरणसँगै आवश्यकता पूरा गर्ने वैकल्पिक मार्गहरुको खोजी कसरी गर्न सकिन्छ भन्ने पाठ नेपालीले सिकेका छन् । वास्तवमै हामीले आफ्नो क्षमतालाई चिन्ने र राष्ट्रका लागि त्यसलाई खर्चिने उपयुक्त समय आएको महसुस गरी यस चुनौतीको घडीलाई अवसरमा परिणत गर्न सक्नुपर्छ ।

कृषिमा पर्याप्त लगानी, आधुनिक प्रविधि र उपकरणलाई भित्र्याएर नेपालको उर्वर भूमिलाई हराभरा बनाउन सक्छौं । त्यसै गरी कृषिमा आधारित उद्योगहरु जस्तै– खाद्यान्न उत्पादन तथा प्रशोधन, कपास खेती शुरु गरी मुलुकलाई आवश्यक पर्ने लत्ताकपडा उत्पादन, आफ्नो देशका लागि आवश्यक पर्ने कृषि औजार कारखाना, जडीबुटीजन्य औषधि उत्पादनलगायतका उद्योगहरु खोल्न सकेमा नेपाली युवालाई रोजगारी पनि दिन सकिने, स्वदेशी सीप र ज्ञान स्वदेशमै खपत गर्ने मौका पनि यही हो । आइपरेका अप्ठ्यारा र चुनौतीले नै अवसर सृजना गर्ने हो ।

– जयन्त राई, इनरुवा, सुनसरी ।

प्रतिक्रिया दिनुहोस्