डाक्टरले चिरे गरुड पुराण, निस्कियो ‘मृत्युको आयु’



लक्ष्मण अधिकारी ।

पण्डितको कुरा सुनेर उसको आत्माले सोध्यो, ‘पण्डितजी यो १२ दिनमा गरुढपुराण सुनाएर तथा नरकको ब्याख्या गरेर परिवारजनलाई निकै तर्साउनु भयो । यो सूक्ष्म जगतबारे दैनिकव्याख्यागरिदिएको भए मेरा परिवारजन सीमान्त पीडामा पर्ने थिएनन् ।’

पण्डितले आफूले मात्रबुझ्ने गरी भने, ‘यो कुरा सुरुमै भने त हाम्रो पेशा नै डुब्छ नि । दानदक्षिणा सम्पन्न भएपछि यो १३ दिनमा जेजे लिनुपर्ने हो लिएपछि आत्मशुद्धि गरेको हुँ ।’

हिड्ने बेलामा पण्डितले भने, ‘बाबु हिजै बितेजस्तो लाग्छ, कति छिटो किरियाकर्म सकियो है । जेहोस्, रमाइलो भयो, एकदमै खुसीलाग्यो । अर्को पटक पनि मलाई नै सम्झनुहोला है ।’

माथिउल्लिखित अंसहरु हुन् रवीन्द्र समीरद्वारा लिखित हालको चर्चित उपन्यास ‘मृत्युको आयु’को । वर्षेनी सयौँ साहित्यिक कृतिहरु प्रकाशित हुन्छन्, त्यसमध्ये आफ्नो छुट्टै पहिचानबनाएर अलग्ग देखिएको एउटा कृतिहो ‘मृत्युको आयु’ ।

जीवनका सुन्दर सपना बोकेर खाडितिर लागेका हजारौं युवाहरुमध्ये कैयौंयुवाहरु सपनासँगै पराजितभएर बाकसमा लम्पसार परेर फर्किन विवश भइरहेका हुन्छन् । राता बाकसमा आउने यीनै मृतक युवाहरुको कथालाई प्रतिनिधित्वगर्ने एउटा युवाको मृत्युदेखि मृत्यु संस्कार कर्मको अन्त्यसम्मका कथा श्रृङ्खला हो मृत्युको आयु, जसलाई मृतकको आत्माको अनुभूतिका रुपमा प्रस्तुतगरिएको छ ।

लघु कथाकारका रुपमा परिचित जनस्वास्थ्यविज्ञ रवीन्द्र समीर (डा रवीन्द्र पाण्डे) ले रोजगारीका लागि विदेशीएका नेपाली युवाको मृत्युपछि उनका परिवारजनले भोग्नु परेका विविध हण्डरहरुलाई मृतककै आत्मालाई पात्रको रुपमा खडा गरी सूक्ष्म ढंगले विश्लेषण गर्दै रोचक शैलीमा प्रस्तुत गर्नुभएको छ ।

गरीवी, पछ्यौटेपन, रोजगारीको अभाव आदिका कारण वैदेसिक रोजगारीमा जानुपर्ने बाध्यतात छदै छ, त्यसमा पनि सीप विहीन रुपमा विदेसिदा भोग्नुपरेको आत्मग्लानी, हेपाई, मृत्यु हुँदा परिवारले भोग्नुपरेका कठिनाइलाई सरल एवं मार्मिक ढंगले प्रस्तुत गर्नुभएको छ । साथै,वर्तमान युगमा नसुहाउँने हाम्रा अवैज्ञानिक एवं अव्यावहारिक मृत्यु संस्कार परम्पराको सुधारको वकालत गर्दै पेचिला ब्यङ्ग्य प्रहारपनि गरिएको छ । यस्तै सन्दर्भमाउपन्यासमा लेखिएको छः अरबको कम्पनीमा पुग्ने वित्तिकै अरबाब (साहू)ले सोध्यो, ‘तिमीलाई प्लम्बिङ आउँछ ?हाउस वायरिङ आउँछ ? गार्डेनिङ आउँछ त ?पौडी खेल्न र रेस्क्यु गर्न आउँछ त ?कार्पेन्टिङ आउँछ त ? सवैको जवाफमाउ सले घोसे मुन्टो लगाएर भन्यो, ‘अहँ आउँदैन’ । उसले रानीतिका गफगर्न आउँछ चाहिँ भनेन ।
केही कामगर्न आउँदैन भने के मर्न आएको त ? अरबाब रिसले मुर्मुरियो ।

यो उसको अरब पुग्नेवित्तिकैको कथा थियो ।

वैदेशिक रोजगारीमा बाहिर देखिने जीवन र त्यहाँ भोग्नु परेको वास्तविक भुक्तमानलाई इंगितगदै लेखिएको छ :‘ऊ मुसुमुसु हाँस्दै, मोबाइलमा खुसुखुसु कुरा गर्दै सिँढीबाट लुसुलुसु तलझरेको सिसिटिभीमा देखियो रे । कामगर्ने ठाउँमा सिसिटिभी रहेनछ, अरु देख्न पाइएन ।’
अस्पतालको मुर्दा घरबाट ऊ च्याँठ्ठियो, ‘हो सिसिटिभीले मोबाइलमा कुरा गरेको, हाँसेको तथा सुख पाएको मात्र देखाउँछ । भित्र प्राण फुस्किने गरी काम गरेको किन देखाउँथ्यो र ।’बाँचुन्जेल ‘हे भगवान् गरिबले बाँच्नुनपरोस्’ भन्ने उसले मरेपछि भन्यो, ‘हे भगवान् गरिबले कहिल्यै मर्नु नपरोस् ।’

सरसर्ती हेर्दा वैदेशिक रोजगारीमा जाने मानिसले जीवितहुँदा र मृत्यु पछि व्यहोर्नु परेका दुखदायी जीवनकाअन्तरकुन्दर खोतलेर लेखिएको जस्तो लागे पनि यसलाई पढ्न थालेपछि चिकित्सा विज्ञानका विधि र अभ्यासका प्रक्रियाहरु पनि सँगसँगै अघि बढेको पाइन्छ । यसमा मृत्युको वैज्ञानिक पक्षलाई केस्रा–केस्रा केलाउने कामभएको छ ।उपन्यासकारले मानवजीवनको सबैभन्दा संवेदनशील विषय मृत्यु र यससँग जोडिएका धार्मिक संस्कारका वारेमा ज्यादै सतर्कतापूर्वक कलम चलाउनुभएको छ ।

विदेशमा मृत्यु भएको कामदारको कानुनी प्रक्रिया पूरा गरेर लास प्राप्त गर्न नै दुई हप्ताजस्तो लाग्छ भने स्वदेश ल्याइसकेपछि पनि मृत्यु संस्कार सहजै पूरा हुँदैन । धार्मिक ग्रन्थका आधार तथा सांस्कृतिक परम्पराका आधारमा उसको मृत्यु संस्कार सम्पन्न गर्न अझै करीब दुई हप्ता लाग्ने  हुन्छ । यस अवधिमा गरिने मृतकको आत्मासँग सम्बन्धित विविध परम्परागत प्रक्रियाका असजिला पक्षहरुमा पनि प्रहार गरिएको छ ।

विषयगत दृष्टिले नेपाली समाजको वर्तमान सामाजिक, आर्थिक,आध्यात्मिक, स्वास्थ्यपक्ष, खाडी राष्ट्रमा विदेशीकामदारले भोग्नुपरेका समसामयिक पीडालाई उजार गरिएको छ भने साहित्यिक दृष्टिले समसामयिक साहित्यको धारभन्दा एक कदम अघि बढेर प्रयोगवादिधारलाई समातिएको छ पुपन्यासमा।

संबैभन्दा महत्वपूर्ण उपन्यासको संरचनागत ढाँचामा नयाँप्रयोग छ । छुट्टाछुट्टै पढ्दा यहाँ१ सय ६६ वटा पूर्ण लघुकथाहरु छन्भने शुरुदेखि अन्त्यसम्मलगातार जोडेर पढ्ने हो भने यो एउटा पात्रको अविच्छिन्न बृहत्कथाअर्थात उपन्यासको रुपमा देखापर्छ ।

अनुसनधानमूलक यस उपन्यासलाई प्रामाणिक बनाउन लेखकले अरबको केही श्रमिक शिविर, अस्पताल,शवगृह, आर्यघाट, गाउँका किरियापुत्री घरको भ्रमण गर्नुभएको छ । मृतकको अन्तिम संस्कारको अभ्यास प्रत्यक्ष अवलोक नगर्नुका साथै विष्णु पुराण, शिवपुराण,श्रीमद्भगवत गीता, गरुढ पुराण, कुरान तथा बाइबलका आवश्यक सन्दर्भहरु, शव व्यवस्थापन सम्बन्धी अरबी कानुन तथा प्रक्रियाको अध्ययन गर्नुका साथै बाकसमा विदेशबाट आएका लाश बुझेर भाव विभोर भएका परिवारको पीडामय बातावरणमा पनि साक्षी बन्न पुग्नुभएको छ । तीन वर्षसम्म मृत्युलाई बोकेर हिड्नु निकै कष्टप्रद भएको लेखक रवीन्द्र समीरको भनाइ छ ।

कोरोनाको कहरले चिस्याइरहेको नेपालको साहित्यिक बजारलाई तताइरहेको नेपाली भाषाको यो उपन्यास हाल  हिन्दी र अंग्रेजी भाषामा समेत अनुवाद भई प्रकाशनको तयारीमा रहेको लेखकले जानकारी दिनुभएको छ ।

लेखक समीरका आठ वटा लघुकथा संग्रह, एक मुक्तक संग्रह, एक नियात्रा संग्रहलगायतका कृतिहरु प्रकाशित छन् । मृत्युको आयु उहाँको बाह्रौं साहित्यिक कृति हो।

प्रतिक्रिया दिनुहोस्