समर लभ अब टेलिभिजनमा



सुविन भट्टराईको चर्चित कृति समर लभमा आधारित फिल्म समर लभ अब फुलपातीको दिनदेखि टेलिभिजनमा हेर्न पाइने भएको छ।

फिल्म दशैंको अवसर पारेर फँलपातीबाट डिसहोममार्फत् सार्वजनिक हुने भएको छ। हलमा प्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउन लागेको हो। दशैंमा नेपाली फिल्म हेर्ने दर्शक परम्परालाई निरन्तरता दिन समर लभ डिस होमबाट ल्याउन लागिएको यसका निर्देशक मुस्कान ढकालले जानकारी गराए। डिसहोमको प्रदर्शनपछि फिल्म म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ।

सुरजसिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको फिल्म गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो। फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्