खोपले कोरोना संक्रमण नरोकिने बेलायती वैज्ञानिकको आशंका



लन्डन (एजेन्सी)

विश्वभरी करिब १ सय ५० कोरोना भाइरस खोपमा काम भइरहेको छ तर बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक वालेसले खोपले नै कोरोनालाई रोक्न नसक्ने बताएका छन् । खोप अर्को बर्षको मार्च अघि हासिल हुन नसक्ने उनले बताए । अहिलेसम्म चिकनपक्स मात्रै त्यसतो रोग हो जसलाई निर्मुल गर्न सकेको वालेसले बताए ।

कोरोना भाइरसको उपचार मौसमी ज्वरोको जस्तो हुन सक्छ । खोप रिसर्च पहिलेको भन्दा धेरै राम्रो भइसकेको तर अहिले पनि सबैको पहुँचमा पुग्ने गरि खोप तयार गर्न कठिन हुने उनले बताए । प्याट्रिकले यो जानकारी संसदिय समितिलाई दिएको हो । संक्रमणलाई पुरै रोक्न सक्ने खोप विकसित हुने सम्भावना कम भएको उनले बताए ।

संक्रमण फैलिरहने र यो सामान्य हुँदै जाने सम्भावना धेरै भएको प्याट्रिकले बताए । खोपले संक्रमणको सम्भावना कम हुनेछ र भाइरसका कारण हुने रोगको गम्भिरता र तिब्रतामा पनि कम हुने उनले प्रष्ट पारे । त्यसपछि यो सामान्य रुघा जस्तै हुनेछ । आगामी केही महिनामा कुनै खोप सुरक्षा दिन सक्छ वा सक्दैन र सक्छ भने कति समयका लागि, भन्ने कुरा स्पष्ट हुने उनले बताए ।

धेरै जसो खोपले इम्युन रिस्पोन्स उत्पन्न गर्न सफल भएको तर तेस्रो चरणको परीक्षणपछि यसले इन्फेक्सन रोक्न सक्छ वा सक्दैन थाहा हुने सर प्याट्रिकले बताए ।

प्रतिक्रिया दिनुहोस्