‘बालअधिकारका बिषयमा राज्य संबेदनसिल हुनुपर्छ’



न्युज अफ नेपाल,काठमाडौँ ।

अभियन्ता एबम बाल अधिकारकर्मीहरुले बाल बालिकाका विषयमा राज्य संबेदनसिल हुनु पर्ने धारणा राखेका छन् । चाइल्ड नेपालको १६औँ वाषिक साधारण सभा तथा सामाजिक परिक्षण बिषयक कार्यक्रममा उक्त धारणा राखेका हुन्।

मानवअधिकारकर्मी अनुपराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा आ.व.२०७६र७७ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका निर्देशकले संस्थाबाट भएका राष्टिय र स्थानीय तहमा भएका सकारात्मक परिवर्तनहरु, चुनौतीहरु र भावी योजनाको प्रस्तुति गर्नुभएको थियो।

राष्टि«य योजना आयोगका माननीय सदस्य मीन बहादुर शाहीले राष्टिय योजनाको निर्माणमा नागरिक समाजको विशेष भूमिका रहने बताउनु भयो । साथै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव बुद्ध बहादुर गुरुडले नेपाल सरकारसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालनका लागि जोड दिनुभयो ।

कार्यक्रममा तारक धिताल, कृष्णचन्द्र आचार्य, सुदर्शन सिग्देल, हिरा दाहाल, किरण थापा, बेनुमाया गुरुड, रविन नेपाली लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण सुवेदीको अध्यक्षता मा सप्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्