प्रमुख शक्तिशाली राष्ट्रको सुचीबाट बाहिरियो भारत



सिडनी (एजेन्सी) ।

सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सुची जारी गरिएको छ । पहिलाका बर्षहरु जस्तै यो पटक पनि सुचीमा अमेरिका शिर्ष स्थानमा कायम छ ।

शक्तिशाली देशको सुचीमा दास्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा महाशक्तीको दर्जा दिइएको छ । तस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ । विश्वका अन्य कुनै पनि देश यो दुई स्थानमा पुग्न सकेको देखिएको छैन ।

प्रमुख शक्तिराष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अंक पाउन यो पटक भारत चुकेको छ । यो बर्ष करिब २ अंकको कमीले गर्दा भारत शक्ति राष्ट्रको दर्जा हासिल गर्न बन्चित भएको हो । गतबर्ष अर्थात सन् २०१९ को सुचीमा भारत पनि विश्वको प्रमुख शक्ति राष्ट्रको दर्जामा थियो । यो बर्ष कोरोना भाइरस प्रकोपका कारण भारत यो सुचिबाट बाहिरिएको छ ।

सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार सन् २०१९ मा भारतको पावर स्कोर ४१ थियो जुन यो बर्ष घटेर ३९ दशमलव ७ मा झरेको छ । यो सुचीमा जुन देशको स्कोर ४० वा त्योभन्दा बढी हुन्छ त्यसलाई प्रमुख शक्ति मानिन्छ ।

लबी इन्स्टिच्युटको प्रतिवेदनमा एसियाको दोस्रो सबैभन्दा धरै आवादी भएको देश अब मध्य शक्तिशाली राष्ट्रको सुचीमा झरेको छ । इन्डो प्यासिफिकका सबै देशहरुसँगै भारतले कोरोना भाइरसका कारण विकास सक्षता गुमाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा अंकका आधारमा भारत चीन भन्दा धेरै पछाडी देखिएको छ । जनसंख्याका आधारमा भारत र चीन लगभग बराबर नै छ ।

केही बर्षपछि सम्भवत भारत जनसंख्याको मामिलामा चीनलाई पछाडी पार्नेछ । तर भारतिय समाजमा कोरोना भाइरसको मारले दुई देश बीच शक्तीको असमानता बढाएको छ । हालको रुझान अनुसार यो दशकको अन्तसम्ममा भारत र चीनको कुल आर्थिक उत्पादन ४० प्रतिशत मात्र रहने पनि प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा यो पुर्वानुमान ५० प्रतिशत हुने आशा गरिएको थियो ।

सन् २०३० सम्म भारतिय अर्थब्यवस्था मुल रुपमा महामारी पुर्वको पुर्वानुमानको तुलनामा १३ प्रतिशत कम रहनेछ । यसले भारतियहरुको खरिद गर्ने क्षमतामा पनि नकारात्मक असर पर्नेछ । यसले भविष्यको संसाधानको मापनमा भारतको स्कोर करिब पाँच अंकले गिरावत आएको लबी इन्स्टिच्युटले उल्लेख गरेको छ ।

अष्ट्रेलियाको लवी इन्स्टिच्युट हरेक बर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क, राजनितिक तथा कुटनिटिक प्रभाव र सांस्कृतिक प्रभावको अध्ययन गरि यो सुची जारी गर्छ । यो बर्षको सुचीमा सबैभन्दा तिब्र रुपमा अगाडी बढ्ने देशमा भियतनाम पहिलो स्थानमा पर्छ । दोस्रो स्थानमा अष्ट्रेलिया र तेस्रो स्थानमा ताइवान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्