अलास्कामा ७ दशमलव ५ म्याग्निच्युडको भुकम्प, सुनामीको चेतावनी



अलास्का (एजेन्सी) ।

अमेरिकाको तटिय क्षेत्रमा सोमबार ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भुकम्प आएको छ । त्यसपछि उक्त इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ । तटिय इलाकाबाट नागरिकहरु सुरक्षित स्थान गइरहेका छन् । केही स्थानमा २ फिट अग्ला सुनामी लहर उठेको बताइएको छ । पछि चेनावनीलाई सुझावका रुपमा परिणत गरिएको बताइएको छ ।

भुकम्पको केन्द्र बिन्दु सेन्ड पोइन्ट सहरबाट ९४ किलोमिटरको दुरीमा जमिनको ४१ किलोमिटर मुनि रहेको बताइएको छ । सुनामीको चेतावनी केनेडी एन्ट्रेसबाट युनिम्याक सम्म जारी गरिएको हो । नेसनल ओसिऐनिक एन्ड अटममेस्फिरिक एडमिनिस्ट्रेसनले अपराह्न ५ बजे ७ दशमलव ४ म्याग्निच्युडको धक्का महसुस गरिएको हो । पहिलो भुकम्पपछि दुई ठुला पराकम्पन महसुस गरिएको थियो जसको मापन ५ म्याग्निच्युड भन्दा बढी थियो ।

प्रभावित इलाकाका नागरिकलाई मेसेज मार्फत सुनामीको चेतावनी पठाइएको थियो । नेसनल वेदर सर्विसले नागरिकलाई उनीहरुको नजिकको इलाकामा शक्तिशाली छाल तथा करेन्टको असर पर्न सक्ने जानकारी दिएको थियो । नागरिकलाई खतराका कारण सतर्क रहन र तटबाट टाढा रहन र उचाईको क्षेत्रमा जान भनिएको छ ।

त्यसपछि नागरिक सुरक्षित स्थानतर्फ जान थाले । सेन्ड पोइन्टका केही स्थानमा सुनामीका साना छाल देखिएको थियो । खतरा कम देखिएकापछि नोआले अलर्टलाई सुझावमा परिणत गरेको हो । यो सँगै सुनामीको लहरका कारण ठुलो नोक्सान हुने आसंका नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्