सिटिजन लाइफ इन्स्योरेन्स चौथो वर्षमा



काठमाडौं, (नेस)
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’ ल्याएको छ ।
सुरक्षा प्रदान गर्नका लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्नेछ । हसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकहरुले बीमा मार्फत प्राप्त गर्न हुने विभिन्न सुरक्षाहरुको प्रतिकात्मक अर्थ बोकेको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमलगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरसहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्