कालिञ्चोकमा हेलिकोप्टरसहित चोर र पुलिस



चिरञ्जीवी मास्के, दोलखा
अग्लिएका पहाडहरुमा सुईईई सुईई, चिसो बतासको सुशेली कम्ता आत्मीय लाग्दैन। पुस माघको मौसममा फुसफुसाउने हिउँका भुवादार छिर्काहरुले स्वस्थानी कथामा उल्लेख भएको कैलाश पर्वतको सौन्दर्यलाई साक्षात्कार गराइदिन्छ, कालिञ्चोकको भू–बनोट र मौसमले। त्यसैले त सबैले भन्छन्– ‘कालिञ्चोक स्वर्गको एउटा टुक्रा हो।’

निर्देशक÷कलाकार राजु लामालाई पनि पहिलोपटक कालिञ्चोक पुग्दा त्यस्तै लागेछ। अनि दोस्रोपटक आफ्नो निर्देशन तथा अभिनयमा बन्न लागेको फिल्म चोर र पुलिसको एउटा गीतको छाँयांकन गर्न हेलिकोप्टर नै लिएर कालिञ्चोक पुगेका छन् लामा। कुन देश कि परी बोलको मीठोीिगतको धुनसँग सेतो पहिरनमा कविता राय, राजु लामाको अंगालोमा बाँधिँदा उर्वशीले विश्वामित्रको मन पगाले जस्तै लाग्छ सबैलाई।

मुझादार सेतो पहिरनमा सजिएकी कविता साँच्चै परी जस्तै लाग्छिन्। ‘म दोस्रोपटक कालिञ्चोकमा फिल्म सुटिङका लागि आएको हुँ’, निर्देशक तथा कलाकार राजु लामाले भने– ‘प्राकृतिक सुन्दरता र मौसमले कालिञ्चोक साँच्चै स्वर्ग जस्तै होला।’ आफ्नो निर्देशनमा निर्माणाधिन हरेक फिल्मको कुनै न कुनै दृश्य या गीत कालिञ्चोकमा छँयांकन गर्ने राजु बताउँछन्। उनले चोर र पुलिसको शुभ मुह२र्तनै कालिञ्चोकमा गरेका छन्।

चोर र पुलिसकी नायिका कविता राय कालिञ्चोक पहिलोपटक पुगेकी हुन्। उनले नेपालमा कालिञ्चोक जस्तो प्राकृतिक एवं धार्मिक महत्वको सौन्र्दयस्थल अन्यत्र नदेखेको बताइन्। ‘म पटक–पटक कालिञ्चोक आउन चाहन्छु।’ –गीतको छायांकन सकेर सेतो ज्याकेट लगाउँदै उनले भनिन्। राजुले यसअघि द मंगोलियन, वास्तुशास्त्रलगायतका फिल्म निर्देशन गरेका छन्। उनको द मंगोलियन प्रदर्शनमा आइसकेको छ।

चोर र पुलिस दोलखाको कालिञ्चोकसँगै सिन्धुपाल्चोकसँगको सिमाना मुडे, सदरमुकाम चरिकोटलगायतका ठाउँमा छायांकन गर्ने लामाले बताए। कालिञ्चोकको सौन्दर्यताकै कारण आफ२ कोरोनाको संकटको बेलामा समेत हेलिकोप्टर नै लिएर छायांकनका लागि आएको राजुको भनाइ छ। रमेश खत्रीले निर्माण गरिरहेको चोर र पुलिसमा संगीत विकास चौधरी र गायन सुरेश लामाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्