गल्तीवश पोस्ट भएको फोटोले हंगामा



अमेरिकी गायिका कार्डी बी इन्स्टाग्राम अकाउन्टमा गल्तीवश टपलेस फोटो पोस्ट गरेपछि ट्रोलको शिकार भएसँगै लज्जास्पद हुन परेको छ।
आप्mनो बर्थडे पार्टी सकिएपछि बिनाकपडा काउचमा पल्टिइरहेको अवस्थाको कार्डीको फोटो केही क्षणमै लाखौंमाझ पुगेको थियो। केहीले उनको फोटोलाई ट्रोल बनाए भने केहीले फोटोमाथि आ–आप्mनो तर्कसहित नकारात्मक र सकारात्मक प्रतिक्रिया दिए। केहिले त स्किन सट लिन पनि भ्याए।
फोटो पोस्ट गरेको केही समयमै गल्तीको महसुस भएपछि कार्डीले उक्त फोटो हटाए पनि केही समयसम्म इन्स्टाग्राममा देखिएको थियो। कार्डीले गल्तीवश भएको पोस्ट बारे मुख खोलेकी छिन्। उनले फोटो पोस्ट गरेको भोलिपल्ट इन्स्टाग्राममा राखेको फोटोबारे ट्विटरमा एक भ्वाइस म्यासेज शेयर गर्दै आफूले गल्तीवश टपलेस फोटो पोस्ट गरेको उल्लेख गरेकी छिन्। ‘तपाईंहरुलाई थाहै छ कि म यस्तो कहिल्यै गर्न सक्दिनँ।’ –कार्डीले भनेकी छिन्। कार्डीले यस्तो गल्तीबारे फेरि सोच्न पनि नसक्ने बताएकी छिन्। साथै उनले मानिसहरूलाई आप्mनो उक्त फोटो पोस्ट नगर्न पनि आग्रह गरेकी छिन्।
यसअघि फिल्म क्याप्टेन अमेरिकाका अभिनेता किस इभान्सलाई पनि यस्तै समस्या परेको थियो। गल्तीवश उनले पोस्ट गरेको नग्न भिडियो भाइरल हुन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्