खाद्य संस्थानमा खसी-बोका किन्ने सर्वसाधारणको भीड (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

दशैँ सुरु भएसँगै काठमाडौँमा खसी बोकाको व्यापार बढेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा समेत खसीबोका किन्ने सर्वसाधारणको घीड लागेको छ । सरकारी स्वामित्वको कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो रु ५५० मा बिक्री गरिरहेको छ ।

कोरोना महामारीको समेत जोखिम रहेको बेला सरकारले सर्वसाधारणको स्वास्थ्यलाई ख्यालमा राख्दै बिक्रि वितरणका लागि काठमाडौँ ल्याइएका खसीबोकाकोे स्वास्थ्य जाँच गर्ने टोली खटाएको छ । जस अनुसार हरियो रंग लगाइएका खसीबोका मात्र किन्न आग्रह गरिएको छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्