भारतमा कोरोना सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो



नयाँ दिल्ली । भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९४ हजार ५५२ भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ३१ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ६१ हजार ८७१ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण १ हजार ३३ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ । अझै पनि भारतभरी ७ लाख ८३ हजार ३११ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ९७ हजार २१० जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो । कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा शनिबारसम्म ९ करोड ४२ लाख २४ हजार १९० व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल ९आइसीएमआर० ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० का कारण विश्वमा तीन करोड ९५ लाख २ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ७१ लाख ४८ हजार ९२७ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्