विकास निर्माणको काममा ७० प्रतिशत मानव श्रमको प्रयोग



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाले बिकास निर्माणको काममा मानविय श्रमलाई उच्च प्राथमिकता दिने जनाएको छ । गाँउपालिकाले सञ्चालन गर्ने योजनाको ७० प्रतिशतकाममानवियश्रम द्धरा निर्माण गर्ने र बाँकी रहेको ३० प्रतिशत काममा मात्रै अत्याधुनिक  औजारको प्रयोग गरिने गाँउपालिकाले जनाएको छ । कोरोना भाईरस (कोभिट १९) काकारण शहरि क्षेत्रमा रोजगारी गुमाएर बेरोजगार अवस्थामा रहेका  नागरिकहरुको जिविकोपार्जनमा सहजता ल्याउनका लागी यो प्रकृयाको थालनी गरेको खिजीदेम्बा गाँउपालिका अध्यक्ष वेद बहादुर रोकाले बताउनु भएको छ ।

खिजीदेम्बा गाँउपालिकाले चालु आर्थिक बर्ष ०७७।७८ को निति तथा कार्यक्रममा पालिकाद्धरा बिनियोजित योजना  निर्माणमा मानव श्रमलाई प्राथमिकता दिने निति राखेको छ । भौतिक निर्माण र प्रशासनिक काम गर्नु मात्रै स्थानियतहको जिम्मेवारी नभएर बिभिन्न प्रकृयाद्धरा रोजगारीको अवसर सृजनागरि नागरिकहरुको आयआर्जनमा बृद्धि गरेर जिविकोपार्जनमा सहजता ल्याउनु पनि स्थानियतहको दायित्व रहेकोलेपालिकाको निति तथा कार्यक्रममा उक्त कुरा राखिएको प्रमुख प्रशासकिय अधिकृत सुबास पौड्र्यालले बताउनु भयो ।

यो नियमपालिकाले बिनियोजन गरेको नयाँ योजना निर्माण र मर्मतको काममा मात्रै लागु हुने र प्रदेश सरकार र संघिय सरकारबाट रकम बिनियोजन भएको योजनामा यो नियम लागु नहुने गाँउपालिकाले जनाएको छ ।

हाल कोरोना भाईरसका कारण रोजगार गुमाएर दैनिक जिबिको पार्जनमा समस्या भोगी रहेका र बिपन्न बर्गकालागी यो नितिनिक्कै प्रभाबकारी हुने देखिन्छ । दिर्घकालिन बिपदको सामाना गरिरहेको अबस्थामा राहात बितरणमा भन्दा बिभिन्न प्रकृयाद्वारा रोजगार सृजनागर्नु उचित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्