बेल्ट्रा होम एप्लाइन्सेसको शोरुममा आगलागी



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंको बशुन्धारा चौकी नजिकै कान्तिपुर डेन्टल कलेज अगाडि रहेको बेल्ट्रा होम एप्लाइन्सेस को शोरुममा आगलागी भएको छ । आगलागीबाट शोरुम रहेका होम एप्लाइन्सेसका सम्पुर्ण सामाग्री जलेर नष्ट भएका छन् । आगलागी गएको सोमबार भएको थियो ।

गोरखाका अमृत थापाले सञ्चालन गरेको सो स्वरुम मा करिब पच्चिस लाख बराबरको क्षति भएको छ ।उहाका अनुसार सो रुममा सोलार प्यानल, चिम्नी , हिटर, इलेक्ट्रोनिक फिल्टर लगायतका सामाग्री हरु जलेर नष्ट भएको जानकारी गराउनुभयो ।

मध्यराती दुई बजे देखि विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीको विषयमा प्रहरीलेअनुसन्धान गरिरहेको छ । काठमाडौं महानगरपालिकाको दमकल, प्रहरी, सर्बसाधारण को प्रयासमा आगलागी नियन्त्रण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्