कोरोना लाग्नु अगाडि लाग्नबाट डराउन र लागिसकेपछि नडराउन वरिष्ठ हास्यकलाकार हरिवंशको आग्रह



काठमाडौं ।

वरिष्ठ चर्चित हास्यकलाकार हरिवंश आचार्यले कोरोना लाग्नु अगाडि लाग्नबाट डराउन र लागिसकेपछि नडराउन नहुने भनाई राखेका छन् । यसले कोरोनाबाट मुक्त हुन मनोवल बढने उनको बुझाई छ ।

मुलुकमा निम्तिने अनेक समस्याको समाधानका लागि निश्वार्थ रुपमा सक्रिय हुने सोचका साथ गठित कम्पास (युवाहरुको समूह) ले इन्स् एण्ड आउट्स् अफ कोभिड १९ (कोभिडको आगमन र बहिर्गमन) विषयमा शनिबार गरेको बेभिनारमा कलाकार आचार्यले कोरोनालाई सामान्य रुपमा नलिन सवैसँंग विशेष आग्रह गरे ।

‘यो वर्षको दसैंमा टिका थाप्न म कसैको घरमा पनि आउँंदिन, तपाईहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला, उनले भने, कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोचौ र आआफनै घरमै वसेर दसैं मनाऔं ।’

कोरोना पोजेटिभमा रहेका आचार्यले दसैं दशै हुनेतर्फ विशेष सतर्क रहन आग्रह गरे । उनले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व समझन आग्रह गरे । यो वर्षको दसै बाँंच्ने उत्साहको रुपमा लिन उनले सवैसँंग आग्रह गरे । हामी बाँंची राखे दसैं अर्काे वर्ष पनि आउने र भगवान हामीसँंगै रहने चर्चा गर्दै उनले सार्वजनिक सवारीसाधन प्रयोग गरी दसैंमा यताउती नजान पनि सवैसँंग अनुरोध गरे ।

आफूलाई कोरोना लागेको शनिबारको दिनबाट १३ दिन भएको र भोलि आइतबार टेष्ट गर्ने योजनामा रहेको भन्दै उनले भोलिको टेष्टबाट आफू र आफनो श्रीमती दुवै कोरोनामुक्त हुने विश्वास गरे । कोरोनाले छाडातन्त्र मन पराएको भन्दै उनले छाडा नभई अनुशाशनमा वस्न आग्रह गरे । अहिलेको विषम परिस्थितिमा चिकित्सक नै भगवान सम्झेर चिकित्सकलाई सम्मान गर्न उनले आग्रह गरे ।

कार्यक्रम तालिका अनुसार पहिलो चरणमा नेपलिज सोसाइटी अफ न्युरो सर्जनका अध्यक्ष डा प्रविण श्रेष्ठले नेपालमा कोरोनाको अवस्थाबारेमा जानकारी गराएका थिए । उनको विश्लेषणमा नेपालमा कोरोना जोखिम अझ वढ्दै गएकोले विशेष सतर्कता अपनाउनुपर्ने खाँंचो औल्याए । काक्रमको अन्तिम चरणमा सहभागीहरुसँंग छलफल अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको मोडेरटोरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा नारायण कोजूले गरेका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य नै कोरोनाकाबारे व्यापक जनचेतना जगाउनु रहेको कार्यक्रम संयोजक कम्पासका कमलराज गोसाईले बताए । ‘यसबाट हामीले कोरोनासँंग बढी सजग हुने विश्वास लिएका छौंं’, गोर्साइले भने ।
कार्यक्रममा देशभरका डाक्टर, इन्जिनियर, व्यवस्थापक, नीतिनिर्माता, शिक्षक, कर्मचारी, विद्यार्थी सवै तह तप्काका बुद्धिजीवीहरुले सहभागिता जनाएका थिए ।

भक्तपुरका युवाहरुको अगुवाइमा स्थापना गरिएको कम्पासमा सवै क्षेत्रका बुद्धिजीवीहरु संगठित भएको जनाइएको छ । हालको लागि पदविभाजन नगरिएको कम्पासमा देशैभरिका बुद्धिजीवीहरु रहेको बताइएको छ । कम्पासले भावी दिनमा पनि समसामाजिक विषयमा छलफल, अन्तरक्रिया गरी समस्या समाधान गर्नमा मद्धत गर्ने लक्ष्य लिएको छ । यसअघि पनि कम्पासनले कोरोनाबारे यस्तै बेभिनार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्