महिलाका लागि एनसेलको गो सिम



काठमाडौं, (नेस)

एनसेल आजियाटाले महिलाका लागि ‘अघि बढांै’ भन्ने थिममा ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपलकालीन अवस्थाका बेलापछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरमा निःशुल्क कल सेवालगायत थुप्रै सुविधा भएको यो सिम महिलाकालागि मात्र ल्याइएको हो ।

यो सिम ग्राहकले कार्तिक १ गतेदेखि एनसेल सेन्टर वा एनसेलका आधिकारिक खुद्रा बिक्रेताबाट ९९ रुपियाँमा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले २० मेन ब्यालेन्स, सात दिनको समय सीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा एसएमएस प्राप्त गर्दछन् ।

गो सिममार्फत दामीम्युजीकतथा हङ्गामा म्युजिक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातिसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्तगर्दछन् ।  प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।

महिलाहरुलाई दुरसञ्चार सेवाको पहँुच सुनिश्चित गर्दै यसको लाभप्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिमअन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्तबोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउनतथाएसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।

साथै यो सिमलिने ग्राहककालागिअपलकालिन सञ्चार सेवाकालागिविषेश सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपियाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवावापतको कर सहित १० रुपियाँमेन ब्यालेन्सबाट काटिने छ ।

प्रतिक्रिया दिनुहोस्