जेसीबीको एनएक्सटी २२१ एलसी सार्वजनिक



काठमाडौं, (नेस)

नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले हेभी इक्विपमेन्ट क्षेत्रमै पहिलोपटक भच्र्युअल प्रविधिमार्फत् आफ्नो नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ ।

कोभिड–१९ ले निम्त्याएको जोखिमलाई ध्यानमा राखेर गरिएको भच्र्युअल लन्चलाई जेसीबी नेपालको फेसबुक पेजमा लाइभ गरिएको थियो । नयाँ एक्साभेटर नेपालको कठोर भू–बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभल फिचर’हरु पनि राखिएको छ ।

नयाँ जेसीबी एनएक्सटी २२१ एलसी २१. ५टनको शक्तिशाली एक्साभेटर हो । जसले १३ सय आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ । पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको छ ।

त्यस्तै यसका बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर हजार घन्टासम्म पु¥याउँछ । यसमा ७ इन्चको एलसीडी डिस्प्ले रहेको छ । जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ ।

नयाँ एक्साभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभलिंक जडान गरिएको छ जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ । यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुल्लाक्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोल जस्ता फिचर छन् ।

३६६० एमएमलामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डरक्यारिज ओभरअल लेन्थभएको यो मेसिन बढी ‘स्टेबल’ छ । हाइड्रोलिक आयलको आयु पाँचहजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर रहेको छ । फ्युलइफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ ।

साथै यसमा इरर कोड र मल्टि कलर वार्निङ एलर्टसहितको एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम रहेको छ जसले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिकएक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिकओभरहिट जस्ता सूचना दिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्