होन्डा सीबीआर ६०० आरआर बजारमा



काठमाडौं, (नेस)

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सीबीआर ६०० आरआरलाई बजारमा भित्र्याएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरले आकर्षित गर्ने कम्पनीको दाबी छ ।

चार सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यसमा ५९९ सिसिको इन्जिन क्षमता रहेको छ । ६६ एनएमटर्क र १२० हर्सपावर रहेको यस बाइकलाई शून्यदेखि सय किलोमिटर प्रतिघण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ ।

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० किमि प्रतिघण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य ३४ लाख ५० हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्