दीपेन्द्रको ओलम्पिकमा निर्णायक बन्ने लक्ष्य



फिरोज राजोपाध्याय, काठमाडौं

अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालको प्रतिभा नेपालमा मात्रै सीमित छैन। उनको प्रतिभा विश्व तेक्वान्दोमा समेत फैलिएको छ। मिहिनेती, लगनशील र आत्मविश्वासले भरिएका उनले विश्वमै निर्णायकको भँमिका गर्न पाएका छन्। उनको यसै प्रतिभाका कारण विभिन्न देशबाट उनलाई निर्णायक बन्न अवसर पनि आएको छ।

तर, उनको अझ प्रस्फुट हुने प्रतिभा कोरोना भाइरस खलनायक बनिदिएको छ। उनले दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायक बन्न थप ४ अंक जोड्न मात्रै बाँकी छ। यसका लागि ८ अंक जोड्नुपर्नेमा ४ अंक उनले पहिल्यै जोडिसकेका छन्।

गत साता मात्रै दीपेन्द्रले विश्व तेक्वान्दोअन्तर्गत दोस्रो विश्व तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय क्योरुगी रेफ्री रिपे्रmसर कोर्स उत्तीर्ण गरेका छन्। १० र ११ अक्टोबरमा भएको उक्त कोर्समा ३३ राष्ट्रबाट २ सय ९ जना निर्णायकको सहभागिता रहेको थियो।

यसमध्ये नेपालर्फ सुरक्षा निकायबाट उनको एक्लो सहभागिता हो। उनले भने– ‘तीन सुरक्षा निकायमध्ये म एक्लो सहभागिता हुँ। नेपाल पुलिस क्लब र सशस्त्र क्लबबाट कोही छैनन्। नेपाली सेनाको एक लाख र तीन विभागीयमध्ये म एक्लो नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक हुँ।’

दीपेन्द्रले ओलम्पिकमा निर्णायकको भूमिकामा हुने लक्ष्य राखेका छन्। तर, कोरोनाका कारण उनको यो लक्ष्यमा पुग्न ढिलो हुने देखिन्छ। किनभने, विश्वभर कोरोना कहर आक्रामक बनेको छ। यसले गर्दा तेक्वान्दो मात्रै होइन सबैजसो खेलमा प्रभाव परेको पनि छ। तापनि, युरोपेली फुटबल, अमेरिकी बास्केटबल, गल्फ, क्रिकेट लिगजस्ता केही खेल भने सञ्चालनमा आएका छन् ।

तर, ती खेल भए पनि दर्शक भने रंगशालामा न्यून मात्रामा प्रवेश गरेका छन्। धेरैजसो खेल खाली रंगशालामा खेलाइएको छ। तेक्वान्दो खेल एक अर्कासँग नजिक लगेर खेल्नुपरेको हुँदा तत्कालका लागि सायद नै कुनै तेक्वान्दो प्रतियोगिता हुनेछ।

ओलम्पिकमा निर्णायक बन्न धेरैभन्दा धेरै खेलमा निर्णायक बन्नु आवश्यक छ। तर, कोरोना खलनायक बन्दा दीपेन्द्रको ओलम्पिक निर्णायक बन्ने चाहनामा ढिलाइ हुने देखिन्छ। हाल छिट्टै उनले मौका पाउने छैनन्। कोरोनाले गर्दा कैयौं अवसर गुमेको भन्दै उनले निराश हुँदै बताए– ‘ओलम्पिकमा निर्णायक बन्ने लक्ष्य त लिएँ तर कोरोनाले गर्दा यो लक्ष्य हाल नै पूरा हुने देखिँदैन। यसका लागि विश्व वरीयताका खेल धेरै खेलाउनुपर्छ। हाल कोरोनाले गर्दा धेरै प्रतियोगिता रद्द वा स्थगित हुँदै आएका छन्।’

काभ्रेको पनौतीमा जन्मेका ३१ वर्षीय दीपेन्द्रले चीनको उसी शहरमा भएको १०४औं अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक सेमिनारबाट निर्णायकको लाइसेन्स प्राप्त गरेका छन्। उनीसमेत ६ जना नेपाली निर्णायकले उक्त २०१७ मा सम्पन्न सेमिनारमा भाग लिएका थिए।

तर, उत्तीर्ण हुनेमा उनी एक्लो परे। यसका साथै नेपालबाट अन्तर्राष्ट्रिय निर्णायक बन्ने उनी कम उमेरका पहिलो व्यक्ति हुन्। उक्त लाइसेन्स प्राप्त भएपछि गत वर्ष उनी चीनकै उहान शहरमा विश्व सेनाको पहिलो ओलम्पिक खेलकुद प्रतियोगितामा निर्णायक भएका थिए। त्यसपछि उनले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा पनि निर्णायकको भूमिका निभाएका थिए।

विश्व तेक्वान्दोअन्तर्गत दोस्रो विश्व तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय क्योरुगी रेफ्री रिफ्रेसर कोर्समा थुप्रै विधा छन्। दुई दिनमा धेरै अध्ययन गर्नुपर्ने दीपेन्द्रले बताए। उनले यसबारे प्रस्ट्याए– ‘कोर्समा पारा तेक्वान्दोको इतिहास, कोच एडमिनिस्टे«सन बाइलज, वर्गीकरण, प्रतिस्पर्धाको नियम, सेफ गार्डिङ, बायोलोजिकल एस्पेक्ट्स, कोड अफ इथिक्स, पीएसएस, मनोवैज्ञानिक प्रभावबारे अध्ययन गराएको थियो।

जसमा विश्व तेक्वान्दो प्रतिस्पर्धाको नियम र इन्टरप्रेटेसन तथा ह्यान्ड सिग्नल ९० मिनेट र पारा तेक्वान्दो इतिहास १ सय २० मिनेटको थियो। अन्तर्राष्ट्रिय रेफ्री इटिक्वेट र प्रोटोकल तथा सेफ गार्डिङ ३० मिनेटको रहेको बताए। आइभिआर सिनारियोस ४५ मिनेटको थियो। त्यस्तै, मेडिकल र इमर्जेन्सी केस ३० मिनेटको थियो। भिडियोमा केस स्टडिज ९० मिनेटको रहेको थियो।’ यसपछि लिखित टेस्ट ३० मिनेटको लिइएको बताए।

विभिन्न देशमा जाने अवसर गुम्यो 
दीपेन्द्र कोरोनाले गर्दा नै धेरै अवसर गुमेको पनि बताए। उनले भने– ‘कोरोनाले त गर्नु ग¥यो, हाल यसरी बस्नु नै पर्दैन थ्यो, यो नभएको भए। के गर्ने विश्वभर नै फैलिएको छ। मलाई स्पेन, अमेरिका, पोर्चुगल, जापान, लक्जमबर्ग, अस्टे«लिया, इजरायलबाट निर्णायक बन्न निमन्त्रणा आएको छ। तर, के गर्नु कोरोना महामारीले सबै अवसरबाट वञ्चित हुँदै गएको छु। यसपटक त होइन अर्कोपटक मात्रै मैले ओलम्पिकमा निर्णायक बन्न पाउने आशा छ।

प्रतिक्रिया दिनुहोस्