न्युजिल्यान्डमा प्रम आर्डनले पुनः चुनाव जित्ने निश्चित



अकल्यान्ड, (एजेन्सी)
न्युजिल्यान्डमा लाखौं व्यक्तिले संसदीय निर्वाचनमा मतदान गर्दै छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार गत सेप्टेम्बरमै हुनुपर्ने यो चुनाव कोभिड–१९ महामारीका कारण एक महिनापछि सरेको हो।

मत सर्वेक्षण परिणामअनुसार प्रधानमन्त्री जासिन्दा आर्डनले दोस्रो कार्यकालका लागि चुनाव जित्ने निश्चित जस्तै देखिन्छ।

कोरोना भाइरस महामारी नियन्त्रणका लाागि उल्लेखनीय योगदान दिएका कारण पनि उनलाई चुनावी सफलता मिल्ने देखिएको हो।

तर, उनले संसदीय बहुमत ल्याउन सक्ने भविष्यवाणी भने अनिश्चित नै छ। सन् १९९६ मा मिक्स्ड मेम्बर प्रपोर्सनल (एमएमपी) प्रतिनिधित्व रहने गरी संसदीय प्रणाली लागू गरिएयता न्युजिल्यान्डमा कुनै पनि पार्टीले चुनावमा स्पष्ट बहुमत ल्याउन सकेको छैन।

स्थानीय समयानुसार शुक्रबार बिहान ९ बजेदेखि मतदान शुरू भएको हो। १० लाख बढी मतदाताले गत ३ अक्टोबरमै मतदान गरिसकेका छन्। न्युजिल्यान्डका जनताले आम चुनावलगायत अन्य दुईवटा जनमत संग्रहमा पनि मत खसालिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्