चीनमा परीक्षणकै क्रममा रहेको कोरोना खोप लिनेहरू बढे



बेइजिङ, (एजेन्सी)
चीनमा कोरोना भाइरस संक्रमणको परीक्षणकै चरणमा रहेको खोप अर्थात् एक्सपेरिमेन्टल खोप लगाउनेको संख्यामा वृद्धि भएको छ। एक शहरमा सबैलाई यो खोप लिन प्रस्ताव गरिरहेको छ भने अर्को एक कम्पनीले विदेश जाने छात्रछात्रालाई यो निःशुल्क लगाइरहेको छ। सांघाइको दक्षिणस्थित जिआसिङ शहरमा नागरिकलाई सिनोभ्याकले बनाएको खोप लिन प्रस्ताव गरिरहेको छ।
खोप धेरै जोखिमको सामना गरिरहेको समूह जसमा शहरमा सामान्य क्रियाकलाप जारी राख्न आवश्यक काम गर्न प्राथमिकता पाउने तर जसलाई यसको अत्यन्तै आवश्यक छ, उनीहरूले पनि पाउने घोषणा गरिएको छ।
यो खोप ४६ पाउन्डमा उपलब्ध छ। खोप आफै क्लिनिकल ट्रायलको अन्तिम चरणमा भए पनि हालसम्म यसले अनुमति पाएको छैन।
चीनको खोप बनाउने एक कम्पनी चाइना नेसनल बायोटेक ग्रुपले विदेशमा पढ्न जाने विद्यार्थीलाई आफ्नो खोप निःशुल्क दिने प्रस्ताव गरेको छ। हाल चीनमा औषधि कम्पनीसँग पाँच खोप छन् जुन परीक्षणको अन्तिम चरणमा पुगेका छन्।
औषधि प्रयोगमा ल्याउने सम्बन्धमा व्यवस्था गरिएको नियमलाई लिएर नेसनल ताइवान युनिभर्सिटीका विशेषज्ञ अर्नाल्ड चानले खोप लगाएको जानकारी तथा सूचना संकलन गरिरहने जिम्मेवारी निर्माताको भएको र त्यस्तो नगर्नु भनेको गैरजिम्मेवारी हुने र अन्तर्राष्ट्रिय मानकअनुरूप नहुने बताए।
सीएनबीजीले आफ्नो वेबसाइटमा खोपका लागि १ लाख ६८ हजार बढी धेरैबाट स्वीकृति लिइसकेको र तीमध्ये ९१ हजारलाई खोप दिने सोचमा रहेको जानकारी दिएको छ। चीनमा जम्मा ५ खोप अन्तिम चरणको परीक्षणमा छन् तर सर्वसाधारणका लागि कसैले अनुमति पाएका छैनन्।
यसैबीच अक्सफोर्डले कारोना भाइरसविरुद्ध विकसित भइरहेको खोप यो वर्षको अन्त्यसम्ममा आउन कठिन हुने संकेत दिएको छ। बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिंगमले वर्षको अन्त्यसम्ममा सफलता प्राप्त हुने आशा त गर्न सकिने तर ग्यारेन्टी नभएको बताए। अक्सफोर्डले केही हप्ताअघि मात्रै अन्तिम चरणको परीक्षण रोकेको थियो। तर, पछि पुनः शुरू गरिसकेको छ। अक्सफोर्डको खोप परीक्षणमा सबैभन्दा असरदार र सुरक्षित भनिएको छ। हाल बेलायतबाहेक अमेरिका, ब्राजिल र दक्षिण अफ्रिकामा करिब ३० हजार व्यक्तिमा यसको परीक्षण हुन गइरहेको छ। खोपको प्रभावकारिता यसबाट उत्पन्न हुने एन्टिबडीको मात्रा र सुरक्षामा हुनेछ। खोप दिएपछि महिनौंसम्म स्वयंसेवकमा त्यसको प्रभावको अध्ययन गरिनेछ।
हालै मात्र परीक्षणका क्रममा साइड इफेक्ट देखिएपछि जोनसन एन्ड जोनसनले पनि आफ्नो ट्रयाल रोकेको छ। त्यसैगरी, एन्टिबडी औषधिका लागि काम गरिरहेको इली लिलीले पनि परीक्षण रोकेको छ।

प्रतिक्रिया दिनुहोस्