लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक (भिडियो सहित)



न्युज अफ नेपाल,काठमाडौं ।

लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक भएको छ ।आजभोलि दिनप्रतिदिन नया–नयाँ वेब सिरिजहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन । जसमध्ये एक हो के छ खबर टि.भि.(K Chha Khabar TV) ले उत्पादन गरेको वेब सिरिज ‘काण्डै काण्ड’ ।

लकडाउनमा घटेका घटनालाई समेट्दै बनाइएको वेब सिरिजलाई नारायण उपाध्याले निर्देशन गरेका हुन्, भने सिरिजको सम्पादन योगेन्द्र कार्कीले गरेका छन् । सिरिजमा बिमला गिरी, कृतिबहादुर सिंह, नारायण उपाध्या, योगेन्द्र कार्की, पशुपति खनालकोे अभिनय रहेको छ, सिरिजलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

वेब सिरिज ‘काण्डै काण्ड’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको के छ खबर टि।भिका नारायण उपाध्याले बताए ।

प्रतिक्रिया दिनुहोस्