चीनमा परीक्षणकै क्रममा रहेको कोरोना खोप लिनेहरु बढे



बेइजिंग (एजेन्सी)

चीनमा कोरोना भाइरस संक्रमणको परीक्षणकै चरणमा रहेको खोप अर्थात एक्सपेरिमेन्टल खोप लगाउनेको संख्यामा बृद्धी भइरहेको छ । एक शहरमा सबैलाई यो खोप लिन प्रस्ताव गरिरहेको छ भने अर्को एक कम्पनीले विदेश जाने छात्रछात्रालाई यो निशुल्क लगाइरहेको छ । सांघाइको दक्षिण स्थित जिआसिंग शहरमा नागरिकलाई सिनोभ्याकले बनाएको खोप लिन प्रस्ताव गरिरहेको छ ।

खोप धेरै जोखिमको सामना गरिरहेको समुह जसमा शहरमा सामान्य कृयाकलाप जारी राख्न आवश्यक काम गर्नले प्राथमिकता पाउने तर जसलाई यसको अत्यन्तै आवश्यक छ उनीहरुले पनि पाउने घोषणा गरिएको छ ।यो खोप ४६ पाउन्डमा लगाइरहेको छ । यो खोप आफै क्लिनिकल ट्रायलको अन्तिम चरणमा छ, तर अहिले सम्म यसले अनुमति पाएको छैन ।

चीनको खोप बनाउने एक कम्पनी चाइना नेसनल बायोटेक ग्रुपले विदेशमा पढ्न जान विद्यार्थीलाई आफनो खोप निशुल्क दिने प्रस्ताव गरेको छ । अहिले चीनमा औषधी कम्पनीहरुसँग पाँच खोप छन् जुन परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।औषधी प्रयोगमा ल्याउने सम्बन्धमा ब्यवस्था गरिएको नियमलाई लिएर नेसनल ताइवान युनिभर्सिटीका विशेषज्ञ अर्नाल्ड चानले खोप लगाएकाहरुको जानकारी तथा सुचना संकलन गरिरहने जिम्मेवारी निर्माताहरुको भएको र त्यसतो नगर्नु भनेको गरै जिम्मेवारीपना हुने र अन्तराष्ट्रिय मानक अनुरुप नहुने बताए ।

सीएनबीजीले आफ्नो वेबसाइटमा खोपका लागि १ लाख ६८ हजार भन्दा धेरैबाट स्विकृति लिइसकेको र ती मध्य ९१ हजारलाई खोप दिन सोचमा रहेको जानकारी दिएको छ । चीनमा जम्मा ५ खोप अन्तिम चरणको परीक्षणमा छन् तर सर्वसाधारणका लागि कसैले अनुमति पाएको छैन ।

यसबीच अक्सफोर्डले कारोना भाइरस विरुद्ध विकसित भइरहेको खोप यो बर्षको अन्त्यसम्ममा आउन कठिन हुने संकेत दिएको छ । बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिंगमले बर्षको अन्त्य सम्ममा सफलता प्राप्त हुने आशा त गर्न सकिने तर ग्यारेन्टी नभएको बताए । अक्सफोर्डले केही हप्ता अघि मात्रै अन्तिम चरण्को परीक्षण रोकेको थियो । तर पछि पुन शुरु गरिसकेको छ ।

अक्सफोर्डको खोप परीक्षणमा सबैभन्दा असरदार र सुरक्षित भनिएको छ । अहिले बेलायत बाहेक अमेरिका, ब्राजिल र दक्षिण अफ्रिकामा करिब ३० हजार ब्यक्तीमा यसको परिक्षण हुन गइरहेको छ । खोपको प्रभावकारिता यसबाट उत्पन्न हुने एन्टिबडीको मात्रा र सुरक्षामा हुनेछ । खोप दिइएपछि महिनौंसम्म स्वयंसेवकहरुमा त्यसको प्रभावको अध्ययन गरिनेछ ।

हालै मात्र परीक्षणका क्रममा साइड इफेक्ट देखिएपछि जोनसन एन्ड जोनसनले पनि आफनो ट्रयाल रोकेको छ । त्यसैगरी एन्टीबडी औषधीका लागि काम गरिरहेको इली लिलीले पनि परीक्षण रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्