भच्र्युअल माध्यमबाट सार्वजनिक गर्यो नयाँ एक्साभेटर



काठमाडौं । नेपालकालागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भच्र्युअल प्रविधि मार्फत आफ्नो नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ ।
कोभिड–१९ ले निम्त्याएको जोखिमलाई ध्यानमा राखेर गरिएको भच्र्युअल लन्चलाई जेसीबी नेपालको फेसबुक पेजमा लाइभ गरिएको थियो ।
नयाँ एक्साभेटर नेपालको कठोर भू–बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभलफिचर’हरु पनि राखिएको छ ।
नयाँ जेसीबी एनएक्सटी २२१ एलसी २१ दशमलव५टनको शक्तिशाली एक्साभेटर हो जसले १हजार ३सय आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ ।
पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १दशमलव०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको छ ।
साथै, यसकाबुम, आर्म र बकेट सिलिन्डरमाएचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १ हजर घन्टासम्म पु¥याउँछ । यसमा ७ इन्चको एलसीडी डिस्प्ले रहेको छ जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ ।

प्रतिक्रिया दिनुहोस्