टेलिकमको अफरै अफर सार्वजनिक



काठमाडौ (नेस) । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी बिहीबार देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ ।
यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफर ९ँभकतष्खब िइााभच० का रुपमा उपलब्ध गराउने भएको छ ।
पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको टेलिकमले जनाएको छ ।
अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी. ५५ रुपियामा युटुव अनलिमिटेड र फेसबुक अनलिमिटे प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने भएका छन । यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटा समेत खरिद गर्न सकिने भएको छ । यसअघि ४० रुपियामा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइएको छ । त्यसैगरी १५ रुपियामा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने भएको छ ।
पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् ।
यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपियामा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी उपलब्ध हुने भएको छ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’. ६० रुपियामा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने भएको छ । वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ । यस अन्तर्गत. १० रुपियामा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपियामा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज १५ रुपियामा उपलब्ध हुने भएको छ ।
फेस्टिभल अफरका रुपमा दशै÷तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम÷सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइने भएको छ । यसमा रिचार्ज कार्डबाट. ५० रुपिया रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपिया सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने हुने भएको छ । रिचार्जकार्डबाट १०० रुपिया वा एमपोसबाट रु. ५१ देखि.१०० रुपिया रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपिया रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिने भएको छ । एमपोसबाट. २०१ देखि ४९९ रुपिया सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने भएको छ ।
यसैगरी, रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट रु. ५०० देखि ९९९ रुपिया सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुने भएको छ । साथै, रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट . १ हजार हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्