रोहनसँग बिहे गर्दैछिन् नेहा ?



बलिउड गायिका नेहा कक्कड हिजोआज आप्mनो प्रेम जीवनलाई लिएर निकै चर्चामा छिन्। नेहाले केही दिन अगाडि आपै“mले अचानक आफ्नो प्रेम जीवनका बारे खुलास गरेकी हुन्।

उनले केही दिन अगाडि पञ्जावी पञ्जाबी रोहनप्रीत सिंहका साथ सम्बन्धमा भएको खुलास गरेकी थिइन्। दैनिक जागरणको अनलाइन संक्रणमा जनाइएअनुसार दुबैजना चाँडै नै बिहे गर्ने तयारीमा छन्। यद्यपि नेहाले केवल सम्बन्धका बारेमा खुलासा गरेकी छिन्।

उनले आप्mनो बिहेबारे भने मुख खोलेकी छैनन्। तर पनि उनको बिबाहलाई लिएर बलिउडमा चर्चासँगै अन्यौलता छाएको दैनिक जागरणको अनलाइन संस्करणले जनाएको छ। यही बीचमा नेहाले इन्स्टाग्राममा एक पोस्टर शेयर गरेर मानिसलहरुलाई अझै अन्यौलमा पारिदिएकी छिन्।

यो पोष्टर हेरेपछि बलिउडमा नेहाले वास्तवमै बिहे गरी सकिन् या केवल एउटा गीतको प्रमोशनमात्र गरिरहेकी छिन् भन्ने प्रश्नसँगै चर्चा भएको छ।त्यसो त नेहाको बिबाहलाई लिएर उनको फ्यान मात्र नभई बलिउड सेलिब्रेटी पनि अन्यौलमा परेका छन्। इन्डियन आइडलमा नेहासँगै निर्णायक रहेका संगीतकार विशाल ददलानीले नेहाको पोष्टमा प्रतिक्रिया जनाउँदै लेखेका छन्।

‘अब म फेरि कन्फ्युज भएको छु नेहा र रोहन। यो बिबाह हो या कुनै नयाँ गीत या फिल्म ? स्पष्ट भन ह्यार कपडा सिलाउनु छ या डाउनलोड, स्ट्रीम, लाइक र शेयर गर्नुपर्नेछ?’ लोकप्रिय लोकप्रिय -यापर बादशाहले पनि नेहाको पोष्टमा प्रतिक्रिया जनाउँदै लेखेका छन् ‘बडा कन्प्mयुजन छ यार।’

नेहा र रोहनले बिहे गर्दैछन् या छैनन्, यदि गर्दैछने भने पछि कहिले? यो त उनीहरु दुबैले जान्ने कुरा भयो। तर नेहाले यो इन्स्टाग्राममा जुन पोष्टर शेयर गरेकी छिन्, त्यो उनको आउनेवाला गीतको हो। यो पोस्टरमा नेहा र रोहन झुलामा सँग बसिरहेको देखिन्छन्। गीतको बोला छ नहु द ब्याहा। पोस्टरमा नेहा र रोहनको फोटोमूनि नेहा कक्कड वेड्स रोहनप्रीत सिंह पनि लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्