कलाकार संघको प्रदेश शाखा गठन



नेपाल चलचित्र कलाकार संघको १ नम्वर प्रदेश शाखा गठन गरिएको छ। संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कलाकारको भेलाले अभिनेता पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

समितिको सह संयोजकमा दिनेश कोइराला तथा सदस्यहरुमा भिम लामा, जतिन ताम्राकार, माधव पौडेल खत्री, लेजिना सुवेदी, रेश्मा घिमिरे, प्रवल दीप विश्वास, नविन सुब्वा, रेखा लिम्वु , गणेश राउत, मिलन सुवेदी, हरि प्रसाद सुब्वा, मेघराज लिम्वु (गोपाल), श्याम कटवाल इश्वर गुरुङ, सुजन ढकाल, शारदा शाक्य , ममता चौधरी, धर्मेन्द्र आचार्य र तुलसी घिमिरे रहेका छन्।

प्रतिक्रिया दिनुहोस्