सन्दीप मिड ट्रान्सफरको सूचीमा



नेपाल समाचारपत्र, काठमाडौं
नेपालका लेग स्पिनर सन्दीप लामिछाने जारी आईपीएलको १३औं संस्करणअन्तर्गत मिड सिजन ट्रान्सफरको सूचीमा परेका छन्। दिल्ली क्यापिटल्सले ट्रान्सफर गर्ने ९ खेलाडीको सूची सार्वजनिक गर्दा सन्दीप पनि परेका हुन्।

दिल्लीसँग अनुबन्ध भएका सन्दीपले जारी लिगको आधा यात्रा समाप्त हुँदा खेल्न पाएका छैनन्। दिल्लीले ७ खेल खेलिसकेको स्थितिमा उनी प्लेइङ इलेभेनमा पर्न नसकेका हुन्। उनको यो लगातार तेस्रोपटक आईपीएलमा सहभागिता हो।

सन्दीपले २०१८ मा आईपीएलमा डेब्यू गरेका थिए। विदेशी लिगमा निकै चम्केका उनलाई दिल्लीले भने शुरुआती खेलमा बेन्चमै राखेको छ।

दिल्लीले योसमेत गरी तेस्रो सिजनसम्म पनि प्लेइङ ११ मा राख्ने कन्जुस्याइँ गरेको छ। पहिलो सिजनमा उनले अन्तिम ३ खेल खेलेर ५ विकेट लिएका थिए।

उनको यही प्रदर्शनले गर्दा उनलाई ‘दिल्लीले गत सिजनमा पनि टिममा राखेको थियो । सन्दीपले गत वर्ष आफ्नो दोस्रो सिजनको आईपीएलमा केवल ३ विकेट लिएका थिए। सो संस्करणमा पनि उनलाई कमै मौका दिइएको थियो।’

 

प्रतिक्रिया दिनुहोस्